Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

एनपीएल : दोस्रो खेलमा जनकपुर र काठमाडौं खेल्ने

२७ मंसिर २०८१, बिहीबार ०३:०१

२७ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज खेल्दैछन् ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । जनकपुर अनिलकुमार शाह र काठमाडौं करण केसीको नेतृत्वमा मैदानमा उत्रिँदै छन् । आजको खेलमा जनकपुर पाँचौं जितसहित शीर्षस्थानमा उक्लने योजनामा छ भने काठमाडौं तेस्रो जित निकाल्ने लक्ष्यमा छ ।

यसअघि पाँच खेल खेलेको जनकपुर ४ मा जित र एकमा हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । चार खेलमा काठमाडौंले दुईमा जित र दुईमा हार बेहोरेर चार अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी एनपीएलमा ८ टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्