Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

मन्त्रालयमा आत्मघाती विष्फोट ,एक मन्त्रीको मृत्यु

२७ मंसिर २०८१, बिहीबार ०३:११

२७ मंसिर, काठमाडौं। अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको सरकारी स्रोतले एएफपीलाई बताएको छ ।

अधिकारीले भने,“दुर्भाग्यवश शरणार्थी मन्त्रालयमा विष्फोट भयो र मन्त्री खलील उर–रहमान हक्कानी आफ्ना केही सहकर्मीहरूसहित शहीद भए ।”

तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार हक्कानी नेटवर्कको स्थापना गर्ने जलालुद्दीन हक्कानीका भाइ थिए । उनी वर्तमान आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका पनि थिए ।

प्रान्तीय गभर्नर, कमाण्डर र धार्मिक धर्मगुरुहरू सत्तामा फर्किएपछि धेरै वरिष्ठ तालिबान नेताहरू मारिएका छन्, जसमा अधिकांश आक्रमणहरू इस्लामिक स्टेट समूहले दावी गरेको छ । तालिबानले सन् २०२१ मा देशमा कब्जा गरेपछि संयुक्त राज्य अमेरिका र नाटोको नेतृत्वमा विदेशी सेनाहरू विरुद्धको युद्ध समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्