Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
खेलकुद

टस जितेर पोखराविरुद्ध सुरुमा ब्याटिङ गर्दै विराटनगर

२७ मंसिर २०८१, बिहीबार ०३:१४

२७ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार बिहानको खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेका हुन् । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले सुरुमा बलिङ गर्नेछ ।

बिहानको समयमा टस जितेर फिल्डिङ रोज्ने परम्परालाई तोड्दै विराटनगरले ब्याटिङ रोज्दै पोखरालाई बलिङको निम्तो दिएको हो । आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछन्।

प्रतिक्रिया दिनुहोस्