Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

टस जितेर पोखराविरुद्ध सुरुमा ब्याटिङ गर्दै विराटनगर

२७ मंसिर २०८१, बिहीबार ०३:१४

२७ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार बिहानको खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेका हुन् । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले सुरुमा बलिङ गर्नेछ ।

बिहानको समयमा टस जितेर फिल्डिङ रोज्ने परम्परालाई तोड्दै विराटनगरले ब्याटिङ रोज्दै पोखरालाई बलिङको निम्तो दिएको हो । आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछन्।

प्रतिक्रिया दिनुहोस्