Trending
विद्युत् प्राधिकरणको अनियमितता अध्ययन गर्न दुई समिति     |     काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा     |     शेखरले एसियाली आईटीएफ खेल्ने     |     राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल     |     चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक     |     प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |    
वातावरण

पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्छ : मन्त्री पाण्डे

३१ भाद्र २०८१, सोमबार १४:५०

३१ भदौकाठमाडौँ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक मन्त्रीपरिषद्मा  पेश भइसकेको बताएका छन् ।

सोमबार सिंहदरबारमा आयोजित छलफलमा मन्त्री पाण्डेले हालसम्म भएका हवाइ दुर्घटनाको प्रतिवेदन अध्ययन गरी आगामी दिनमा अनुसन्धानलाई स्थायी संरचनाले नै अघि बढाउने गर उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगिएको बताए।

उच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्ने उनको भनाइ छ। उनले नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयकसमेत मन्त्रिपरिषद्‍मा पेस भइसकेको बताए।

यसै गरी उनले हवाई उड्डयनमा  नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगिसकेको बताए । साथै उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तर मन्त्रालय स्तरमा काम भइरहेको जानकारी गराए ।

उनले अहिले प्रस्तावित छानबिन समितिमा यस अघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनहरूलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने जानकारी गराए । उनले अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।

मन्त्री पाण्डेले हवाई दुर्घटनाका विषयमा संसदमा समेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल समेत भइसकेको बताए । मन्त्री पाण्डेले मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्