Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिँदै

२७ मंसिर २०८१, बिहीबार १४:१४

२७ मंसिर, काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताएका छन्।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी एवं सरसफाइ उपभोक्ता महासङ्घ (फेडवास)द्वारा संयुक्त रुपमा आयोजना गरिएको ‘खानेपानी तथा सरसफाई पैरवी राष्ट्रिय शिखर सम्मेलन’मा मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले भने, “खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्याङ्क अनुसार करिब २७ प्रतिशत नेपालीले मात्र सुरक्षित खानेपानीको पहुँच पाएका छन् । यसको मतलब अहिले पनि करिब ७३ प्रतिशत नेपाली नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न बाँकी छ । यसलाई सोह्रौँ योजनाको अन्त्यसम्ममा ४५ प्रतिशत पुर्याउनका लागि ठोस् नीति, पर्याप्त बजेट, र दिगो योजना आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्