Trending
साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै     |     आज यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना     |     आजका लागि विदेशी मुद्राको विनिमय दर     |     कर्णाली सरकारको संरचना पुनर्संरचना प्रस्तावले प्रदेशसभामा भूचाल, सत्तापक्षमै विभाजन     |     कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी     |     बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो     |     गण्डकी प्रदेशका नव प्रतिभाको उत्सव: गृष्मा र सौगात विजयी घोषित     |     फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई     |     यी भूभागमा भारी वर्षाको सम्भावना     |     सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |    
समाचार

नेपाली बजारमा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक, कति पर्छ मूल्य?

२७ मंसिर २०८१, बिहीबार १४:२२

काठमाडौं। नेपाली बजारमा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक सार्वजनिक गरिएको छ। नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सिजी मोटर्सले एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० आर नेपालमा सार्वजनिक गरेको हो।

एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ । एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय रुपैयाँ र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

एक्स्ट्रिम १२५ आर सिंगल च्यानल एबिएस रहेको छ। यसमा उन्नत ब्रेकिङ प्रविधि प्रयोग गरिएको उल्लेख गरिएको छ। यो श्रेणीकै सर्वाधिक तीव्र गतिको मोटरसाइकल भएको कम्पनीको भनाइ छ।

यस्तै नवप्रवर्तनात्मक प्रविधि सहितको एलइडी हेडलाइटको सुविधा दिइएको छ। यसमा रहेको ब्लुटुथ कनेक्टिभिटीले चालकका लागि सहजता, सुरक्षा र मनोरञ्जन सुविधा दिने उल्लेख गरिएको छ।

हिरो एक्स्ट्रिम १२५ को दुई भेरियन्ट सिबिएस र एबिएस भर्सनमा छन्। जसअनुसार सिबिएस भर्सनको मूल्य २ लाख ८९ हजार ९०० रूपैयाँ र एबिएस भर्सनको मूल्य ३ लाख ११ हजार ९०० रूपैयाँ तोकिएको बिक्रेता कम्पनीले जनाएको छ।

एक्स्ट्रिम १६० आरमा श्रेणीकै सर्वाधिक गति क्षमता बाइक भएको कम्पनीले जनाएको छ। तीव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको छ। यसमा रहेको केवाइबी ब्रान्डको फ्रन्ट युएसडी सस्पेन्सनमार्फत प्रवाह हुने प्रभावकारी फ्रन्ट ब्रेकिङ प्रणालीको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्