Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

माओवादीको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने

२८ मंसिर २०८१, शुक्रबार ११:०७

२८ मंसिर, काठमाडौं। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने भएको छ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय समिति बैठक पुस २१ मा बोलाउने निर्णय भएको बताए ।

उनले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न पुस १८ देखि २० गतेसम्म स्थायी कमिटी बैठक पनि बस्ने बताएका छन्। मंसिर मसान्तभित्र खबरदारी सभा र पालिका सम्मेलन गर्ने भने पनि विभिन्न कारणले सम्पन्न हुन नसकेको उनले बताए।

शुक्रबारको स्थायी कमिटी बैठकमा मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचनबारे समीक्षा पनि भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्