Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

माओवादीको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने

२८ मंसिर २०८१, शुक्रबार ११:०७

२८ मंसिर, काठमाडौं। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने भएको छ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय समिति बैठक पुस २१ मा बोलाउने निर्णय भएको बताए ।

उनले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न पुस १८ देखि २० गतेसम्म स्थायी कमिटी बैठक पनि बस्ने बताएका छन्। मंसिर मसान्तभित्र खबरदारी सभा र पालिका सम्मेलन गर्ने भने पनि विभिन्न कारणले सम्पन्न हुन नसकेको उनले बताए।

शुक्रबारको स्थायी कमिटी बैठकमा मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचनबारे समीक्षा पनि भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्