Trending
गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चमा पूरक निवेदन     |     देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री     |     सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुुस् : प्रधानमन्त्री     |     चलचित्र ‘के घर के डेरा : घर नं २’ ‘के घर के डेरा’को सिक्वेल हो…     |     सिक्किममा निश्चललाई स्वर्ण     |     पत्रकार सुरेश रजक हत्या प्रकरण : उच्चस्तरीय छानविन गठन गर्न प्रेस संगठनको माग     |     सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?     |     वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो     |     द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री     |     इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर     |    
खेलकुद

एरिकासहितको कराते टोली चीन जाँदै

३१ भाद्र २०८१, सोमबार १४:५५

३१ भदौकाठमाडौँ। करिब एक वर्षअघि चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको १९ औं एसियाली खेलकुदको करातेमा एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएका थिइन्। त्यो रजत एसियाली खेलकुदमा कुनैपनि नेपाली कराते खेलाडीले प्राप्त गरेको हालसम्मकै एक मात्र हो।

चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममै एसियाली क्षेत्रको करातेको सबै भन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर करातेको २० औं संस्करण सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ। यहि प्रतियोगितामा एरिकासहित ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव प्रस्थान गर्दै छ ।

चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममै एसियाली क्षेत्रको करातेको सबै भन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर करातेको २० औं संस्करण सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ । यहि प्रतियोगितामा एरिकासहित ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव प्रस्थान गर्दै छ ।

एरिकाले १९ औं एसियाली खेलकुदमा सहभागिता जनाएको महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् । त्यस्तै महिला ५५ केजीमुनि जिया कार्की, ६१ केजीमुनि निरुपा दोङ तामाङ तथा टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले सहभागिता जनाउने छन् । एसिलाले एकल कातामा पनि आफ्नो कौशल प्रदर्शन गर्ने छिन् ।

पुरुष ६० केजीमुनि मिनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि आशिष श्रेष्ठ र एकल कातामा स्वनिम मानन्धरले खेल्ने छन् ।

सबै खेलाडीसंग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यस मध्ये एरिकासहित सन्तोष, शेखु, स्वनिम, निरुपा र एलिसाले १९ औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेका थिए ।

टोलीको मुख्य प्रशिक्षकमा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कुशल श्रेष्ठ तथा प्रशिक्षकमा १३ औं सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ छन् । १९ औं एसियाली खेलकुदमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका कुशलले एसियाली सिनियर करातेमा पनि सहभागिता जनाइसकेका छन् ।

टिम व्यवस्थापकमा नेपाल कराते महासंघका उपाध्यक्ष मजेन्द्र सिंह तथा आठौं साग (तत्कालीन साफ) को करातेका स्वर्ण विजेता एवं कराते महासंघका सदस्य रवि महर्जन रहेका छन् । एसियाली सिनियर करातेमा नेपाल हालसम्म पदकविहीन छ ।

प्रतियोगिताअघि हाङझावमै सेप्टेम्बर १८ तारिखमा हुने एसियाली कराते महासंघको कोंग्रेसमा सहभागी हुन नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसंगै जाने छन् । प्रतियोगितामा ३१ राष्ट्रका ३ सय ६७ खेलाडीको सहभागिता रहने छ । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा.लि. का प्रबन्ध निर्देशक उत्तम न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा सहभागी टोलीलाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रायोजन गरेको ट्रयाक सुट तथा केल्मीले प्रायोजन गरेको टिसर्ट र टोपी हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्