Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

४ सय अर्ब डलर नाघ्यो इलन मस्कको सम्पत्ति

२८ मंसिर २०८१, शुक्रबार १५:४०

२८ मंसिर, काठमाडौं। टेस्लाका सिइओ एलन मस्कको सम्पत्ति चार सय अर्ब डलर नाघेको फोर्ब्सले जानकारी दिएको छ। उनको सम्पत्ति अहिले चार सय २९ दशमलव दुई अर्ब डलर पुगेको छ।

इलन मस्कको सम्पत्तिमा यो वृद्धि स्पेसएक्स र त्यसका लगानीकर्ताबीचको सम्झौतापछि भएको ब्लूमबर्गले जनाएको छ । सम्झौताअनुसार करिब १ अर्ब २५ करोड डलर मूल्य बराबरका शेयर खरीद गरिएको भएको थियो । यसले कम्पनीको कुल मूल्य लगभग ३५० अर्ब डलर पुर्‍याएको छ ।

ब्लूमबर्गका अनुसार यो लेनदेनले मस्कको व्यक्तिगत सम्पत्ति करिब ५० अर्ब डलरले वृद्धि भइ ४ सय ४० अर्ब डलरसम्म पुर्‍याएको छ । इलन मस्कको सम्पत्ति मुख्यतः टेस्ला कम्पनीको शेयर मूल्यमा र स्पेसएक्सको बजार मूल्यांकनमा निर्भर छ ।

अमेरिकामा गत महिना भएको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भएसँगै टेस्ला र स्पेसएक्सको बजार मूल्यमा उल्लेखनीय वृद्धि भएको थियो । चुनावी नतिजापछि टेस्लाको शेयर मूल्य करिब ६५ प्रतिशतले बढेको थियो । मस्क ट्रम्पका प्रमुख राजनीतिक दाता र समर्थक छन् ।

प्रतिक्रिया दिनुहोस्