Trending
केहि भू–भागमा बर्षा र हिमपातको सम्भावना     |     मोटरसाइकल दुर्घटनामा परेका युवाको उपचारका क्रममा मृत्यु     |     अमेरिकी डलरको भाउ स्थिर,अन्यको बढ्यो     |     रुवीभ्यालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा     |     फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट     |     मुद्दा दायर भएका रवि लामिछानेसहितको आजदेखि थुनछेक बहस हुने     |     रवि लामिछानेको हिरासतभित्रै फोटो खिच्ने निकोलस पक्राउ     |     बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा     |     सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ     |     आइएसएमटीको ‘आइटी एक्स्पो’ सम्पन्न     |    
समाचार

अल्लु अर्जुन उच्च अदालतबाट धरौटीमा रिहा

२८ मंसिर २०८१, शुक्रबार १५:४४

हैदराबाद । ‘पुष्पा–२’ को प्रिमियरका क्रममा महिलाको ज्यान गएको मुद्दामा तेलंगाना उच्च अदालतले अभिनेता अल्लु अर्जुनलाई जमानत दिएको छ । यसअघि हैदराबाद अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो।

अभिनेतालाई शुक्रबार बिहान १२ बजे उनको घरबाट पक्राउ गरिएको हो । त्यसपछि ४ बजे उनलाई स्थानीय अदालतमा हाजिर गरिएको थियो, जहाँ उनलाई न्यायिक हिरासतमा पठाइएको थियो । त्यसपछि अभिनेताले उच्च अदालतमा पुनरावेदन गरे। उच्च अदालतले उनलाई ५ बजे धरौटीमा रिहा गरेको हो ।

अल्लुलाई डिसेम्बर ४ मा हैदराबादको सन्ध्या थिएटरमा जानकारी नदिई पुगेको आरोप लगाइएको छ । जसका कारण त्यहाँ भीड जम्मा भयो र भागदौड मच्चियो । घटनामा एक महिलाको मृत्यु भएको थियो भने धेरै मानिस घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्