Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बोरामा पोको पारेर फालेको अवस्थामा एक युवकको शव फेला

३१ भाद्र २०८१, सोमबार १४:५९

३१ भदौकाठमाडौँ। रुपन्देहीको तिलोत्तमामा सोमबार एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका- १३ चिलीया स्थित खेतबारीमा उक्त शव फेला परेको हो। तिलोत्तमा नगरपालिका–१३ चिलियास्थित खेतमा अन्दाजी २६ वर्षीय युवाको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

शवको पोष्टमार्टमकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ। शवको पहिचान खुल्न सकेको छैन। थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्