Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

इजरायली हवाई आक्रमणमा गाजामा ३८ प्यालेस्टाइनी मारिए

२९ मंसिर २०८१, शनिबार ०५:२१

२९ मंसिर, काठमाडौँ। गाजापट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमणमा ३८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले बताएका छन् ।

गाजा शहरको अल–जला सडकमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमणमा बालबालिका र महिलासहित १० जनाको मृत्यु भएको गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले बताए  । मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा, विस्थापित मानिसहरूको लागि एउटा घरमा इजरायली हवाई आक्रमणमा १५ प्यालेस्टाइनीहरू मारिएका छन् ।

प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताए कि इजरायली युद्धक विमानहरूले अल–नुसेरातको पश्चिममा कम्तिमा एउटा क्षेप्यास्त्र प्रहार गरी एक घरलाई निशाना बनाएका थिए । इजरायली सेनाले यी आक्रमणहरूबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्  ।

गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४४ हजार ८३५ पुगेका छन्  ।

प्रतिक्रिया दिनुहोस्