Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

नेकपा एसको केन्द्रिय सदस्यहरुको कार्यविभाजनको टुंगो आईतवार हुने

२९ मंसिर २०८१, शनिबार १२:३६

२९ मंसिर, काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी कार्ययोजना र पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजन छलफल भएको छ ।

शुक्रवारबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा जारीे बैठकमा आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरुले बोल्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए  । उनकाअनुसार पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजन आईतवारमात्रै हुनेछ ।

आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरले बोल्ने क्रम जारी छ । आज यसको बारेमा धारणा राख्ने कमरेडहरु जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साह आज आफ्ना धारणा राखेका बताए ।

प्रतिक्रिया दिनुहोस्