Trending
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा रक्तदान सम्पन्न     |     आज देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने     |     आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     आजदेखि दिदीबहिनी अर्गानिक स्टोर सञ्चालनमा     |     हुम्लामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १२ घाइते     |     साफ यू- २० च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै नेपाल     |     आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा     |     आजको लागि विदेशी मुद्राको विनिमय दर     |     सुर्खेतमा हतियारसहित २ युवा पक्राउ     |     एमाले पोलिटव्यूरो बैठक : प्रतिवेदनमाथि छलफल     |    
समाचार

‘पीआईए’ ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने

२९ मंसिर २०८१, शनिबार १२:४६

२९ मंसिर, काठमाडौं। पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ ।

यो देशको उड्डयन क्षेत्रको लागि महत्त्वपूर्ण विकास भएको एआरवाई न्यूजले जनाएको छ ।अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) बीच विचाराधीन वित्तीय दायित्वहरू समाधान गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नादिर शफी दारका अनुसार एफएएलाई भुक्तान छिट्टै हुने अपेक्षा गरिएको छ । एफएए प्रतिनिधिमण्डललाई फेब्रुअरी वा मार्चमा पाकिस्तान भ्रमण गर्ने मार्ग प्रशस्त हुनेछ ।

एआरवाई न्यूजका अनुसार यसले पाकिस्तानलाई एफएएसँग ‘श्रेणी एक’ स्थितिमा पुनः वर्गीकृत गर्ने सम्भावना बढाउँछ, जसले अमेरिकाको लागि सीधा उडानहरू पुनः सुरु गर्न अनुमति दिन्छ ।

प्रतिक्रिया दिनुहोस्