Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
खेलकुद

पोखरालाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा छनोट

३० मंसिर २०८१, आईतवार ११:२०

३० मंसिर, काठमाडौं। सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा स्थान बनाएको छ ।

रोमाञ्चक खेलमा आइतबार पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरले एक खेल अगावै प्लेअफमा स्थान बनाएको हो । ६ खेलबाट उसको १० अंक भएको छ । पोखरा भने ४ अंकमा सीमित रहँदै लिग चरणबाटै बाहिरिएको छ ।

सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन् । पहिलो खेलमा विराटनगर किङ्सलाई एक विकेटले पराजित गरेको काठमाडौं गुर्खाजसँग समान ८ अंक भएपनि रनरेटमा पछि पार्दै चितवनले प्लेअफमा स्थान बनाएको हो ।

सुदूर पश्चिम र कर्णाली याक्सबीच सोमबार हुने लिग चरणको अन्तिम खेलले प्लेअफमा पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लगाउने छ । सुदूरपश्चिम विजयी भए समूहको शीर्ष स्थानमा रहँदै जनकपुरसँग इलिमिनेटर खेल्नेछ । सुदूरको हारले भने रनरेटका आधारमा सुदूर, जनकपुर र कर्णालीमध्ये शीर्ष दुईमा रहने टोलीले इलिमिटेर खेल्नेछन् ।

सोमबार हुने खेलमा कर्णाली विजयी भए काठमाडौं पनि लिग चरणमै रोकिनेछ । सुदूरको जितमा भने रनरेटका आधारका कर्णाली र काठमाडौंमध्ये एकले प्लेअफमा स्थान पक्का गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्