Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

पोखरालाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा छनोट

३० मंसिर २०८१, आईतवार ११:२०

३० मंसिर, काठमाडौं। सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा स्थान बनाएको छ ।

रोमाञ्चक खेलमा आइतबार पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरले एक खेल अगावै प्लेअफमा स्थान बनाएको हो । ६ खेलबाट उसको १० अंक भएको छ । पोखरा भने ४ अंकमा सीमित रहँदै लिग चरणबाटै बाहिरिएको छ ।

सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन् । पहिलो खेलमा विराटनगर किङ्सलाई एक विकेटले पराजित गरेको काठमाडौं गुर्खाजसँग समान ८ अंक भएपनि रनरेटमा पछि पार्दै चितवनले प्लेअफमा स्थान बनाएको हो ।

सुदूर पश्चिम र कर्णाली याक्सबीच सोमबार हुने लिग चरणको अन्तिम खेलले प्लेअफमा पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लगाउने छ । सुदूरपश्चिम विजयी भए समूहको शीर्ष स्थानमा रहँदै जनकपुरसँग इलिमिनेटर खेल्नेछ । सुदूरको हारले भने रनरेटका आधारमा सुदूर, जनकपुर र कर्णालीमध्ये शीर्ष दुईमा रहने टोलीले इलिमिटेर खेल्नेछन् ।

सोमबार हुने खेलमा कर्णाली विजयी भए काठमाडौं पनि लिग चरणमै रोकिनेछ । सुदूरको जितमा भने रनरेटका आधारका कर्णाली र काठमाडौंमध्ये एकले प्लेअफमा स्थान पक्का गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्