Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
खेलकुद

म्यान्चेस्टर युनाइटेडको रोमाञ्चक जित

१ पुष २०८१, सोमबार ०१:५२

१ पुस, काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले रोमाञ्चक पुनरागमन जित निकालेको छ ।

गएराति भएको म्यान्चेस्टर डर्बी अर्थात् म्यान्चेस्टर सिटीसँगको खेलमा युनाइटेडले २-१ को जित निकालेको हो ।

खेलभर लिएको अग्रतालाई अन्तिमसम्म जोगाउन नसक्दा सिटी घरेलु मैदानमै स्तब्ध भएको हो । युनाइटेडका लागि ब्रुनो फर्नान्डेस र अमाड दियालोले १-१ गोल गरे । सिटीका जोस्को भार्डिओलले १ गोल गरे ।

खेलको ३६औं मिनेटमा भार्डिओलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको थियो ।

दोस्रो हाफमा पनि दुवै टोलीबाट गोल निस्किरहेको थिएन तर ८८औं मिनेटमा युनाइटेडले पेनाल्टी पायो जसमा ब्रुनोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि ९०औं मिनेटमा अमाडले गोल गर्दै युनाइटेडलाई रोमाञ्चक पुनरागमन जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्