Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानेपामा लगियो

१ पुष २०८१, सोमबार ०६:३२

१ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि उनको निवास चाकसिबारीबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा लगिएको छ।

नेपाली कांग्रेसका नेता सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान उनको निवासमा राखिएको थियो।

सिंह  २०४९ को स्थानीय निर्वाचनमा काठमाडौंका मेयर निर्वाचित भएका थिए। उनको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए। उनको आजै अन्त्येष्टि गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्