Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानेपामा लगियो

१ पुष २०८१, सोमबार ०६:३२

१ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि उनको निवास चाकसिबारीबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा लगिएको छ।

नेपाली कांग्रेसका नेता सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान उनको निवासमा राखिएको थियो।

सिंह  २०४९ को स्थानीय निर्वाचनमा काठमाडौंका मेयर निर्वाचित भएका थिए। उनको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए। उनको आजै अन्त्येष्टि गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्