Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
खेलकुद

नेपालले मलेसियामा जारी यू-१९ महिला एसिया कपमा विजयी

१ पुष २०८१, सोमबार ११:०९

१ पुस, काठमाडौँ। मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

लगातार दोस्रो हार भोगेको पाकिस्तान समूह चरणमै रोकिएको छ । समूह बीको आफ्नो पहिलो खेलमा पाकिस्तान आइतबार भारतसँग ९ विकेटले पराजित भएको थियो । भारत पनि सुपर फोरमा पुगेको छ । मंगलबार हुने नेपाल र भारतबीचको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ ।

किन्नारा क्रिकेट ओभल मैदानमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा क्याप्टेन पूजा महतोले नटआउट ४७ रनको योगदान गरिन् । सिमाना केसी १२ रनमा नटआउट रहिन् । पाँचौ विकेटका लागि पूजा र सिमानाले नटआउट ३९ रनको साझेदारी गरेपछि नेपाल जित निकाल्न सफल भयो ।

साना प्रवीनले १०, सोनी पाख्रिनले १३ र सावित्री धामीले ८ रन बनाइन् । ज्योत्सनिका मरासिनीले भने खाता खोल्न पाइनन् । फतिमा खान र युरातुलिनले समान एक विकेट लिए पनि नेपालको जित भने रोक्न सकेनन् ।

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । उसका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाइन् । माहम एनिस २९ रनमा नटआउट रहिन् ।

प्रतिक्रिया दिनुहोस्