Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट खारेज

१ पुष २०८१, सोमबार ११:१६

१ पुस, काठमाडौँ। नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दिएको जग्गा दानविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले गरेको रिट सर्वोच्चले खारेज गरेको हो । सोमबार न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज हुने फैसला सुनाएको हो ।

एमालेको पक्षबाट बहस गरेका कानून व्यवसायीहरुले दान, दातब्य, बकसपत्र जस्ता विषयको छिनोफानो सुरु अदालतबाट हुनुपर्ने भन्दै रिटबाट हेर्न नमिल्ने जिकिर गरेका थिए ।

गत असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उक्त जग्गामा बन्ने केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका थिए । त्यसपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

जग्गा विवाद सम्बन्धी उक्त रिटमा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएर दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । २०७२ को भूकम्पले बल्खुको कार्यालयमा क्षति पुगेपछि एमालेको केन्द्रीय कार्यालय धुम्वाराही, थापाथली हुँदै पछिल्लो समय ललितपुरको च्यासलमा छ ।

गत असोजमा बाढीले च्यासलको पार्टी कार्यालयसमेत डुबानमा परेको थियो । यसले गर्दा नयाँ विकल्प खोज्नु परेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्