Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट खारेज

१ पुष २०८१, सोमबार ११:१६

१ पुस, काठमाडौँ। नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दिएको जग्गा दानविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले गरेको रिट सर्वोच्चले खारेज गरेको हो । सोमबार न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज हुने फैसला सुनाएको हो ।

एमालेको पक्षबाट बहस गरेका कानून व्यवसायीहरुले दान, दातब्य, बकसपत्र जस्ता विषयको छिनोफानो सुरु अदालतबाट हुनुपर्ने भन्दै रिटबाट हेर्न नमिल्ने जिकिर गरेका थिए ।

गत असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उक्त जग्गामा बन्ने केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका थिए । त्यसपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

जग्गा विवाद सम्बन्धी उक्त रिटमा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएर दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । २०७२ को भूकम्पले बल्खुको कार्यालयमा क्षति पुगेपछि एमालेको केन्द्रीय कार्यालय धुम्वाराही, थापाथली हुँदै पछिल्लो समय ललितपुरको च्यासलमा छ ।

गत असोजमा बाढीले च्यासलको पार्टी कार्यालयसमेत डुबानमा परेको थियो । यसले गर्दा नयाँ विकल्प खोज्नु परेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्