Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

जर्जियामा ११ जना भारतीयको शव भेटियो

२ पुष २०८१, मंगलवार ०२:५७

२ पुस, काठमाडौँ। जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण १२ जनाको मृत्यु भएको छ।

पूर्व सोभियत राज्यको सबैभन्दा ठूलो र अग्लो स्की रिसोर्ट गुडौरीको एउटा रेस्टुरेन्टको माथि सुतिरहेको ठाउँमा ११ विदेशी र एक जर्जियाली नागरिकको शव फेला परेको स्थानीय प्रहरीले बताएका छन्।

ज्यान गुमाउने एक जना भने जर्जियाकै नागरिक रहेको बीबीसीले जनाएको छ । जर्जियाका प्रहरी अधिकारीका अनुसार गुडौरीको एक होटलमा सुतिरहेको अवस्थामा उनीहरूको शव भेटिएको थियो । गुडौरी पूर्वसोभियत राष्ट्रमा सबैभन्दा उच्च र सबैभन्दा ठूलो स्की रिसोर्ट रहेको खबरमा उल्लेख छ ।

होटलमा विद्युत्अवरुद्ध भएपछि तेलबाट चल्ने जेनेरेटर सञ्चालनमा आएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा शवमा हिंसा तथा युद्धको कुनै सङ्केत नभेटिएको र यो दुर्घटना भएको हुनसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्