Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ पुष २०८१, मंगलवार ०३:०७

२ पुस, काठमाडौँ। दाङको देउखुरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–३ वसन्तपुरका १८ वर्षीय सोनु गुरुङ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए ।

सुर्खेतबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–२, कटेश नालामा विपरीत दिशाबाट आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ बसन्तपुर निवासी १८ वर्षीय सोनु गुरूङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

ठक्करबाट गम्भिर घाइते भएका गुरुङको गएराती नै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्