Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

नेकपा एसको स्थायी कमिटी बैठक आज पनि बस्दै

२ पुष २०८१, मंगलवार ०३:२०

२ पुस, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को ७०औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे आधिकारिक निर्णय पनि आज सार्वजनिक गरिने बताइएको छ ।

मस्यौदाको धारा उपधारामाथि छलफल गरिएको बैठकमा थप छलफल आवश्यक रहेकाले केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन लागिएको हो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको तयारीमा जुट्न निर्देशन दिएको छ ।

यही पुस ९ र १० गते तय गरिएको स्थायी कमिटीको बैठकलाई केन्द्रीय कमिटी बैठकमा समायोजन गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी बैठकले कलेजो, किड्नी ट्रान्सप्लान्टजस्ता जटिल रोगलाई दृष्टिगत गर्दै पार्टीका नेता कार्यकर्तालाई अङ्गदान गर्न आह्वान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्