Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

तीन संसदीय समितिको बैठक बस्दै

२ पुष २०८१, मंगलवार ०४:१२

२ पुस, काठमाडौँ। सङ्घीय संसद् अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक बस्दै छ।

सङ्घीय संसद् सचिवालयका अनुसार तीन वटै समितिको बैठक सिंहदरबारस्थित सचिवालय भवनमा बस्ने छ। जसअन्तर्गत बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।

त्यस्तै, बिहान साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुनेछ ।

त्यसैगरी, बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्