Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

ईभी स्कुटरमा राखिएको विष्फोटक पदार्थ पड्काएर रुसी जनरल मारिए

२ पुष २०८१, मंगलवार ०९:२४

२ पुस, मस्को। रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ ।

रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको विष्फोटक पदार्थले विस्फोट गराएको बताए । ‘अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वार नजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा भएको छ । रुसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मी उक्त विस्फोटमा मारिएका छन्,’ प्रवक्ताले भने ।

रुसको अनुसन्धान समितिका अनुसार उनका सहयोगी पनि सो विष्फोटमा परी मारिएका छन् । जनरल किरिलोभ रुसको आणविक सुरक्षा बलहरू परमाणु, जैविक, रासायनिक रक्षा बलहरूको प्रमुख जिम्मेवारीमा रहेका थिए।

किरिलोभलाई अप्रिल २०१७ मा सेनाको प्रमुखको रूपमा नियुक्त गरिएको थियो। रूसी राज्य संचालित मिडिया आउटलेट टासका अनुसार उनीसँग कोस्ट्रोमा हायर मिलिटरी कमाण्ड स्कूल अफ केमिकल डिफेन्समा भाग लिएको अनुभव थियो ।

जनरलले रूसको सेनामा खतरनाक सामग्रीसँग सम्बन्धित विभिन्न भूमिकाहरूमा सेवा गरेका थिए, जस मध्ये विकिरण, रासायनिक र जैविक रक्षा सेनाहरूको प्रमुखको निर्देशनालय पनि समावेश छ।

हिजो मात्र युक्रेनको सुरक्षा सेवाले (एसबियु) युक्रेनमा प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरेको आरोपमा किरिलोभलाई सजाय सुनाएको कीभ इन्डिपेन्डेन्टले रिपोर्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्