Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

नेपाल र भारतको खेलमा वर्षा बाधक, दुवै टिमले अंक बाँडे

२ पुष २०८१, मंगलवार ०९:५७

२ पुस, काठमाडौँ। मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइ रहेको भारतले ३.१ ओभरमा कुनै पनि विकेट नगुमाई २८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भाव नभए पछि दुवै टोलीलाई एक अंक दिइएको छ।

यो नतिजासँगै समूह ‘बी’ मा सामना तीन अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बनेका छन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो।

वर्षा हुनुअघि भारतका लागि गोंगाडी तृषाले १७ रन बनाउँदा जी कामिलिनी ८ रनमा अविजित रहेकी थिइन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालका लागि कप्तान पूजा महतोले २५ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। उनी आयुषी शुक्लाद्वारा रनआउट भएकी थिइन्।

त्यस्तै, थप दोहोरो स्कोरका रुपमा अलिशा कुमारी यादवले ९ बलमा २० रनको सानदार अविजित इनिङ्स खेलिन्। अन्यको प्रदर्शन भने गतिलो रहेन। भारतका लागि परुनिका सिसोडियाले ४ विकेट लिँदा अन्नदिता किशोर र मिथिलाले १–१ विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो भने भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्