Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

नेपाल र भारतको खेलमा वर्षा बाधक, दुवै टिमले अंक बाँडे

२ पुष २०८१, मंगलवार ०९:५७

२ पुस, काठमाडौँ। मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइ रहेको भारतले ३.१ ओभरमा कुनै पनि विकेट नगुमाई २८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भाव नभए पछि दुवै टोलीलाई एक अंक दिइएको छ।

यो नतिजासँगै समूह ‘बी’ मा सामना तीन अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बनेका छन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो।

वर्षा हुनुअघि भारतका लागि गोंगाडी तृषाले १७ रन बनाउँदा जी कामिलिनी ८ रनमा अविजित रहेकी थिइन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालका लागि कप्तान पूजा महतोले २५ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। उनी आयुषी शुक्लाद्वारा रनआउट भएकी थिइन्।

त्यस्तै, थप दोहोरो स्कोरका रुपमा अलिशा कुमारी यादवले ९ बलमा २० रनको सानदार अविजित इनिङ्स खेलिन्। अन्यको प्रदर्शन भने गतिलो रहेन। भारतका लागि परुनिका सिसोडियाले ४ विकेट लिँदा अन्नदिता किशोर र मिथिलाले १–१ विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो भने भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्