Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

ललितपुर महानगरले ल्याएको ‘एलएमसी गार्बेज अलर्ट’ के हो ?

२ पुष २०८१, मंगलवार १०:१८

काठमाडौं। ललितपुर महानगरपालिकाले एलएमसी गार्बेज अलर्ट एप सार्वजनिक गरेको छ ।

मंगलबार महानगरको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीबाट एपको समुद्घाटन गरिएको हो ।

एप एनरोइड प्रयोगकर्ताहरुको लागि प्ले स्टोरमा उपलब्ध गराइएको छ भने आइओएस प्रयोगकर्ताले भने केही हप्तामा नै एप्पल स्टारेबाट डाउलोड गर्न सक्ने छन् ।

ललितपुरबासी सर्वसाधारणहरुले आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने गाडि कहाँ आइपुग्यो भनेर उक्त गाडिको वास्तविक स्थान (रियल टाइम ट्रयाकिङ) मार्फत थाहा पाउन सक्नेछन् ।

सर्वधारणले फोहोर व्यवस्थापन गर्न भोग्दै आएका समस्यालाई मध्यनजर गर्दै महानगरले एप सार्वजनिक गरेको हो । ललितपुरलाई स्मार्ट सिटी बनाउने उद्देश्यमा लागेको महानगरपालिकाको लागि यो अर्को एउटा खुड्किलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्