Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

ललितपुर महानगरले ल्याएको ‘एलएमसी गार्बेज अलर्ट’ के हो ?

२ पुष २०८१, मंगलवार १०:१८

काठमाडौं। ललितपुर महानगरपालिकाले एलएमसी गार्बेज अलर्ट एप सार्वजनिक गरेको छ ।

मंगलबार महानगरको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीबाट एपको समुद्घाटन गरिएको हो ।

एप एनरोइड प्रयोगकर्ताहरुको लागि प्ले स्टोरमा उपलब्ध गराइएको छ भने आइओएस प्रयोगकर्ताले भने केही हप्तामा नै एप्पल स्टारेबाट डाउलोड गर्न सक्ने छन् ।

ललितपुरबासी सर्वसाधारणहरुले आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने गाडि कहाँ आइपुग्यो भनेर उक्त गाडिको वास्तविक स्थान (रियल टाइम ट्रयाकिङ) मार्फत थाहा पाउन सक्नेछन् ।

सर्वधारणले फोहोर व्यवस्थापन गर्न भोग्दै आएका समस्यालाई मध्यनजर गर्दै महानगरले एप सार्वजनिक गरेको हो । ललितपुरलाई स्मार्ट सिटी बनाउने उद्देश्यमा लागेको महानगरपालिकाको लागि यो अर्को एउटा खुड्किलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्