Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

कुटपिट गरी फरार रहेका ६ जना पक्राउ

२ पुष २०८१, मंगलवार १४:१४

२ पुस,भक्तपुर। भक्तपुरमा एक युवकलाई कुटपिट गरी घाइते बनाएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

कुटपिटका कारण आइतबार कमलपोखरीमा २७ वर्षीय रञ्जित कार्की अचेत अवस्थामा भेटिएका थिए । सूर्यबिनायक नगरपालिका–१० चित्तपोल बस्ने कार्कीलाई अपरिचित ६ जना मिलेर मरणासन्न हुनेगरी कुटेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी सुवास बुढाथोकी नेतृत्वको टोलीले कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका १८ वर्षीय आशिख सिजखो, समिर नेपाली, काभ्रे घर भएका १८ वर्षीय साजन तामाङ, सञ्जीव तामाङ, सिन्धुली घर भएका अशोक तामाङ र बारा घर भएका सुमन तामाङ छन् ।

घाइते रञ्जित कार्कीलाई उपचारको लागी ट्रमा सेन्टर भर्ना गरिएकोमा त्यहाँबाट सिनामंगल स्थित केएमसी अस्पतालमा रिफर गरिएको छ । आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्