Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

कुटपिट गरी फरार रहेका ६ जना पक्राउ

२ पुष २०८१, मंगलवार १४:१४

२ पुस,भक्तपुर। भक्तपुरमा एक युवकलाई कुटपिट गरी घाइते बनाएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

कुटपिटका कारण आइतबार कमलपोखरीमा २७ वर्षीय रञ्जित कार्की अचेत अवस्थामा भेटिएका थिए । सूर्यबिनायक नगरपालिका–१० चित्तपोल बस्ने कार्कीलाई अपरिचित ६ जना मिलेर मरणासन्न हुनेगरी कुटेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी सुवास बुढाथोकी नेतृत्वको टोलीले कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका १८ वर्षीय आशिख सिजखो, समिर नेपाली, काभ्रे घर भएका १८ वर्षीय साजन तामाङ, सञ्जीव तामाङ, सिन्धुली घर भएका अशोक तामाङ र बारा घर भएका सुमन तामाङ छन् ।

घाइते रञ्जित कार्कीलाई उपचारको लागी ट्रमा सेन्टर भर्ना गरिएकोमा त्यहाँबाट सिनामंगल स्थित केएमसी अस्पतालमा रिफर गरिएको छ । आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्