Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

६८ लाख रुपैयाँसहित ४ जना पक्राउ

३ पुष २०८१, बुधबार ०७:०६

३ पुस, काठमाडौं। काठमाडौंको एयरपोर्ट नजिकैबाट स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं- ३२ दोभानपुलका ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वरका १८ वर्षीय आवाद सिंह, झापाको बिर्तामोड- ५ का २७ वर्षीय युवराज सुवेदी र झापाकै अर्जुनधारा- ७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल छन् ।

प्रहरीले उनीहरूको साथबाट ६८ लाख रुपैयाँका साथै रकम उल्लेख गरिएका चेक ५ थान, मोबाइल ५ थान प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको सेतो रङको हुन्डाई कम्पनीको क्रेटा कार बरामद गरेको छ ।​

प्रतिक्रिया दिनुहोस्