Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छ : कानूनमन्त्री चौरसिया

३ पुष २०८१, बुधबार ११:५२

३ पुस, काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा न्याय परिषद्को ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले, प्रत्येक राजनीतिक उतारचढावमा विचलित नभई गरेको उत्कृष्ट फैसलाहरूको इतिहासलाई हेर्दा नेपालको न्यायपालिका उच्च स्थानमा रहेको बताएका हुन् ।

उनले भने, ‘सम्माननीय अदालतले प्रत्येक राजनीतिक उतारचढावमा अलिकति पनि विचलित नभईकन प्रत्येक अवस्थामा सम्मानजनक उत्कृष्ट फैसलाहरू गरेको यो इतिहास नेपालको न्यायपालिका विश्वकै कार्यक्षमताको हिसाबले जसले मूल्याङ्कन गर्दा पनि उच्च मूल्याङ्कन गर्ने अवस्था छ ।’

उनले देश आफैँ अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको अवस्थामा सरकारले न्याय सेवामा बजेट पर्याप्त दिन नसेकेको गुनासो गरे । देशको ओरालो लागेको अर्थतन्त्रलाई सुधार गर्ने,देशमा भ्रष्टाचार अन्त्य गरी कसरी सुशासनमा परिणत गर्ने भन्ने कुरामा न्यायालयको निर्देशनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

यस्तै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपरिषद्लाई जतिसक्दो गतिशील र जिम्मेवार बनाउन सकिन्छ त्यति नै विकृति र विसङ्गति गतिविधिमा नियन्त्रण गर्न सकिने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्