Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

हामीलाई सराप्न थाले, सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारेहात लगाउँछन्-प्रधानमन्त्री

३ पुष २०८१, बुधबार ११:५८

३ पुस, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन्।

बुधबार काठमाडौंमा नेपाल उत्पिडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सबैभन्दा पहिला मानिस हौँ भन्नेकुरा बुझ्न जरुरी रहेको बताए।

प्रधानमन्त्री ओलीले मानिस सबै बराबर हुने बताए। जातपात नचाहिने कुरा भएको उल्लेख गर्दै एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा ठिक तरिका छान्न नसक्दा जातपातका रुपमा गलत तरिका प्रवेश गरेको उनको धारणा छ।

‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लाने छौं। हाम्रो सरकारलाई सराप्नेहरू पनि नभएका होइनन्। सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरू छन्’ उनले भने, ‘राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए। हामी मानिस हौं र मानिस भनेको सबै बराबर हुन्छ। जातपात भन्ने नचाहिने कुरा हो। यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्ने छौं।’

प्रतिक्रिया दिनुहोस्