Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
बैंक वित्तीय

निजी लगानी वृद्धिलाई प्रोत्साहन : अर्थमन्त्री पौडेल

३ पुष २०८१, बुधबार १५:२४

३ पुस, काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले स्वदेशी र विदेशी निजी लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक समापनमा अध्यक्षका हैसियतले बोल्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पूँजी विस्तार र परिचालन प्रोत्साहन गर्नुपर्ने बताए ।

सहुलियतपूर्ण वित्तीय स्रोत परिचालन माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री पौडेलले विकासका लागि निजी पूँजी परिचालन आवश्यक भएको धारणा राखे । त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका देशबीच सहकार्य गर्न सकिने उनको भनाइ थियो ।

एसिया र प्रशान्त क्षेत्रमा वित्तीय पूँजी लगायत धेरै सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यस क्षेत्रमा नीति, नियम र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरिने प्रयासलाई सामूहिक रूपमा अघि बढाउनुपर्ने बताए । ‘दिगो विकास लक्ष्य हासिल गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा दायित्व हो,’ अर्थमन्त्री पौडेलले भने, ‘कार्यक्रम सफल बनाउन वित्तीय स्रोत सुनिश्चित गर्न आवश्यक छ ।’

आन्तरिक राजस्व परिचालन, नवीन वित्तीय उपकरण उपयोग एवं परिचालन, सार्वजनिक ऋण व्यवस्थापन, साझेदारी निर्माण र दिगो विकास लक्ष्यका लागि वित्तीय स्रोत व्यवस्थापन लगायत विषयमा परामर्श बैठक फलदायी भएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

पौडेलले परामर्श बैठकमा विभिन्न देशका मन्त्री, राजनीतिक नेता, विज्ञ, विकास साझेदार लगायतबाट प्राप्त सुझावबाट सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथौ अन्तर्राष्ट्रिय सम्मेलनमा पेस गरिने दस्ताबेज समृद्ध पार्न सहयोग गर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्