Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

पौष १५ गतेभित्र सबै विभागलाई रिपोर्ट तयार गर्न एमालेको निर्देशन

३ पुष २०८१, बुधबार १५:४०

३ पुस,काठमाडौँ। नेकपा एमालेले यही पुस १५ गतेभित्र पार्टीका विभाग प्रमुखहरूलाई विभागीय कामको रिपोर्ट दिन निर्देशन दिएको छ ।

केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठकले रिपोर्ट तयार गर्न निर्देशन दिएको महासचिव शंकर पोखरेलले जानकारी दिए।

उनका अनुसार बैठकले पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने विषयमा छलफल गरेको छ। यसैगरी पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्त्वपूर्ण छलफल गरेको पोखरेलले बताए।

बैठकमा पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने र पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्त्वपूर्ण छलफल भएको महासचिव पोखरेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्