Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

पौष १५ गतेभित्र सबै विभागलाई रिपोर्ट तयार गर्न एमालेको निर्देशन

३ पुष २०८१, बुधबार १५:४०

३ पुस,काठमाडौँ। नेकपा एमालेले यही पुस १५ गतेभित्र पार्टीका विभाग प्रमुखहरूलाई विभागीय कामको रिपोर्ट दिन निर्देशन दिएको छ ।

केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठकले रिपोर्ट तयार गर्न निर्देशन दिएको महासचिव शंकर पोखरेलले जानकारी दिए।

उनका अनुसार बैठकले पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने विषयमा छलफल गरेको छ। यसैगरी पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्त्वपूर्ण छलफल गरेको पोखरेलले बताए।

बैठकमा पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने र पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्त्वपूर्ण छलफल भएको महासचिव पोखरेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्