Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

सुपर फोरमा नेपालले आज श्रीलंकासँग खेल्दै

४ पुष २०८१, बिहीबार ०३:०४

४ पुस, काठमाडौं। मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा आज देखि सुपर फोर चरणका खेलहरु सुरु हुनेछन्।

नेपाल र श्रीलंकाबीचको खेल बिहान ११ः४५ देखि सुरु हुनेछ । प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध ६ विकेटको सानदार जित निकालेको थियो । नेपाल र भारतबीचको खेल भने वर्षाका कारण रद्द भयो ।

मंगलबार बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३.१ ओभरमा विकेट नगुमाइ २८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिएपछि भारत र नेपालले एक/एक अंक बाँडे ।

यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेट रन रेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन् । फाइनल खेल आगामी आइतवार रहेको छ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्