Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

बाहिरियो हिरासतमा रवि सुतिरहेको तस्वीर, रास्वपा नेताको आपत्ति

४ पुष २०८१, बिहीबार ०३:१६

४ पुस, काठमाडौं। प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको एउटा सिसिटिभी फोटो बाहिरिएको छ । फोटो बाहिरीएपछि रास्वपाका नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।

सार्वजनिक भएको तस्वीरमा उनी सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ । प्रहरी हिरासतमै रहँदाको उक्त तस्वीर बाहिरिएपछि पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने नेत्तृत्वको दल रास्वपाका नेताले आक्रोश व्यक्त गरेका छन् ।

पार्टीका नेता दीपक बोहराले फेसबुकमा स्टाटस लेखेर कास्की प्रहरीले यो फोटो के कारण बाहिर ल्यायो र यसको मूल्य कति हो भन्दै प्रश्न गरेका छन् । उनले देशमा न्याय नमरेको भए यस्ता किसिमका क्रियाकलाप गर्न नहुनेसमेत उल्लेख गरेका छन् ।

रास्वपा सहप्रवक्ता प्रतिभा रावलले पनि फेसबुकमा विरोध गर्दै स्टाटस लेखेकी छन् । सभापति लामिछानेको सचिवालयले प्रहरीले नै उक्त फोटो सार्वजनिक गरेको दाबी गरेको छ । लामिछानेको सचिवालयमा रहेका प्रमोद न्यौपानेले लेखेका छन्, ‘रवि लामिछानेको हिरासतमा सुतिरहेको यो सिसिटिभीबाट लिएको फोटो बाहिरिएको छ ।

सिसिटिभीको नियन्त्रण प्रहरीसँग हुन्छ । त्यसैले यो फोटो प्रहरीबाटै बाहिरिएको हो । कुन उद्देश्यमा यो फोटो बाहिर लगियो ? यसको जवाफ प्रहरीले दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्