Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

४ पुष २०८१, बिहीबार ०३:२६

४ पुस, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) दिउँसोका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।प्रधानमन्त्री ओलीले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारणसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदनमा चासो राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे समितिमा रहेका सत्ता पक्षका सांसदहरुलाई बालुवाटार बोलाएको समाचार सार्वजनिक भएको थियो ।

तर आज भने सात्ता साझेदार नेपाली कांग्रेसका नेतासमेत रहेका समिति सभापति रामहरि खतिवडाले प्रधानमन्त्रीलाई भेट्न आज नजाने बताए । उनले अनलाइनखबरसँग भने, ‘सांसदहरुले प्रधानमन्त्रीलाई भेट्न जाने कुरा ठूलो होइन, तर हामी आज जाँदै छैनौं ।’

समितिका सदस्य एवम् नेकपा एमालेका नेता रघुजी पन्तले पनि आफूहरुले आज प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम नरहेको बताए । हृदयराम थानी संयोजकत्वको उपसमितिले भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयक सम्बन्धी प्रतिवेदन समितिमा बुझाएको थियो ।

सो प्रतिवेदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप शक्तिशाली बनाउने लगायतका व्यवस्था प्रस्तावित छन् । याे मन्त्रिपरिषद्को नियमित बैठक हाे। हरेक साताकाे साेमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्