Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

४ पुष २०८१, बिहीबार ०३:२६

४ पुस, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) दिउँसोका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।प्रधानमन्त्री ओलीले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारणसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदनमा चासो राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे समितिमा रहेका सत्ता पक्षका सांसदहरुलाई बालुवाटार बोलाएको समाचार सार्वजनिक भएको थियो ।

तर आज भने सात्ता साझेदार नेपाली कांग्रेसका नेतासमेत रहेका समिति सभापति रामहरि खतिवडाले प्रधानमन्त्रीलाई भेट्न आज नजाने बताए । उनले अनलाइनखबरसँग भने, ‘सांसदहरुले प्रधानमन्त्रीलाई भेट्न जाने कुरा ठूलो होइन, तर हामी आज जाँदै छैनौं ।’

समितिका सदस्य एवम् नेकपा एमालेका नेता रघुजी पन्तले पनि आफूहरुले आज प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम नरहेको बताए । हृदयराम थानी संयोजकत्वको उपसमितिले भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयक सम्बन्धी प्रतिवेदन समितिमा बुझाएको थियो ।

सो प्रतिवेदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप शक्तिशाली बनाउने लगायतका व्यवस्था प्रस्तावित छन् । याे मन्त्रिपरिषद्को नियमित बैठक हाे। हरेक साताकाे साेमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्