Trending
आपराधिक लाभ कसुरमा निलम्बित इन्स्पेक्टर अदालतमा हाजिर     |     याे अन्तिम विकल्पको सरकार हो, असफल हुने छुट छैन : डा‍. शेखर     |     उपाधि विजेता टीम जनकपुर बोल्ट्सलाई माननिय महन्थ ठाकुरद्धारा हार्दिक बधाई एवं शुभकामना व्यक्त     |     रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश     |     सुदूरपश्चिम प्रदेशका राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, ३ जना घाइते     |     जर्मनीको क्रिसमस बजारमा आक्रमण, कारले किचेर ५ जनाको मृत्यु     |     जनकपुरले एनपीएल जितेकोमा गाउँपालिकामा सार्वजनिक बिदा     |     आजदेखि पश्चिम नेपालमा चिसो बढ्ने पूर्वानुमान     |     चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ     |     एनपिएल: सुदुरपश्चिमलाई हराउँदै जनकपुर च्याम्पियन     |    
समाचार

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

४ पुष २०८१, बिहीबार ०८:५८

४ पुस, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरि त्यहाँ उत्पादन नहुने सामान आयात गरि औद्योगिक वातावरण प्रवद्र्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो ।

आयातलाई नै केन्द्रित गरि स्थापना भएको संस्थासंगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुइ देश बीचको व्यापार घाटा करिब ७ अर्ब रुपैया छ ।

नेपालबाट हाल फेल्ट, गलैचा, धागो लगायतका परम्परागत सामान बढि गैरहेको सन्दर्भमा कोइमासंगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य समानका लागि पनि बजार खोज्न सकिने महासंघको विश्वास छ ।

नेपाल कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष र समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको वताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोल स्थित नेपाली दुतावासद्धारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठुला बजारसंगको समिप्यता कोरियाली लगानीकर्ताका लागि महत्वपूर्ण रहने वताए।

ढकालले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासंघको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूको चर्चा पनि गर्नु भयो । उनले सरकारको लगानीसम्बन्धी आठ कानुन संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमहरूको जानकारी गराउनु भयो । साथै, दुईपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्वपूर्ण कदम भएको बताए।

ढकालले नेपालको अनुकूल आर्थिक सूचकाङ्कहरू पनि प्रकाश पार्नु भयो । विदेशी मुद्रा सञ्चिति करिब १७ अर्ब अमेरिकी डलर पुगेको र नेपालको पहिलोपटक क्रेडिट रेटिंग भएको जानकारी पनि लगानीकर्तालाई दिनुभयो । नेपालको रेटिंग दक्षिण एसियामा सन्तोषजनक रहेको पनि उहाँको धारणा थियो ।

ढकालले पूर्वाधार विकासको महत्त्व पनि औंल्याउँदै सडक, रेलमार्ग, विमानस्थल, शहरी योजना, होटल रिसोर्ट, केबलकार र स्मार्ट सिटीहरूमा कोरियाली विशेषज्ञता र लगानीका लागि आग्रह गरेका छन ।

ढकालले कोरियाली व्यवसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसरहरूको खोजी गर्न निमन्त्रणा दिँदै महासंघको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्