Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

काठमाडौंको धापासीमा एक घरमा आगलागी

४ पुष २०८१, बिहीबार १३:५८

४ पुस,काठमाडौं। काठमाडौँको टोखा नगरपालिका–६ स्थित धापासीको एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

बिहीबार धापासीस्थित स्थानीय भाइकाजी श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

‘ग्यासको आगो तापेर ग्यास निभाएको केहीबेरमा बिजुलीको स्वीच अन गर्दा आगलागी भएको भन्ने जानकारी प्राप्त भएको छ,’ खनालले भनिन्, ‘कम्पाउन्डभित्रको घर भएकाले आगो अन्यत्र फैलिन पाएन।’

आगो निभाउन दमकल प्रयोग गरिए पनि यो समाचार तयार पार्दासम्म पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । आगलागीको तीव्रता केही कम हुँदै गएको काठमाडौँ प्रहरी परिसरका सूचना अधिकारी, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । साँझ साढे ५ बजेतिरबाट आगलागी सुरु भएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्