Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

काठमाडौंको धापासीमा एक घरमा आगलागी

४ पुष २०८१, बिहीबार १३:५८

४ पुस,काठमाडौं। काठमाडौँको टोखा नगरपालिका–६ स्थित धापासीको एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

बिहीबार धापासीस्थित स्थानीय भाइकाजी श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

‘ग्यासको आगो तापेर ग्यास निभाएको केहीबेरमा बिजुलीको स्वीच अन गर्दा आगलागी भएको भन्ने जानकारी प्राप्त भएको छ,’ खनालले भनिन्, ‘कम्पाउन्डभित्रको घर भएकाले आगो अन्यत्र फैलिन पाएन।’

आगो निभाउन दमकल प्रयोग गरिए पनि यो समाचार तयार पार्दासम्म पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । आगलागीको तीव्रता केही कम हुँदै गएको काठमाडौँ प्रहरी परिसरका सूचना अधिकारी, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । साँझ साढे ५ बजेतिरबाट आगलागी सुरु भएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्