Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

यू१६ महिला फुटबल : नेपाल भुटानसँग ५-१ ले पराजित

५ पुष २०८१, शुक्रबार १२:३७

५ पुस, काठमाडौँ। नेपाली महिला फुटबल टोलीको उमेर समूहले पहिलो पटक भुटानसँग लज्जास्पद प्रदर्शन गरेको छ ।

अहिलेसम्म नहारेको नेपाली टोलीले यू–१६ समूहमा घरेलु मैदानमै भुटानसँग लज्जास्पद हार बेहोरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको खेलमा नेपाल भुटानसँग ५-१ ले पराजित भएको हो ।

पहिलो हाफमा घरेलु टोली नेपाल भुटान सँग ३-० ले पछि परेको थियो भने दोस्रो हाफमा भुटानले दुई गोल गर्दा नेपालले एक गोल गोल फर्काएको थियो ।

कुएनदेनले २५औं मिनेटमा गोल गर्दै भुटानलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि छिरिङले ३६औं र ४०औं मिनेटमा ऊवल गरेपछि भुटानले पहिलो हाफमै तीन गोलको अग्रता नायो । ६६औं मिनेटमा कुएनदेङले व्यक्तिगत दोस्रो गोल गर्दा उग्येनले ८४औं मिनेटमागोल गर्दै भुटानलाई ५-० को अग्रता दिलाइन् । नेपालका लागि सबिनाले ८६औं मिनेटमा एक गोल गरिन् ।

प्रतिक्रिया दिनुहोस्