Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

यू१६ महिला फुटबल : नेपाल भुटानसँग ५-१ ले पराजित

५ पुष २०८१, शुक्रबार १२:३७

५ पुस, काठमाडौँ। नेपाली महिला फुटबल टोलीको उमेर समूहले पहिलो पटक भुटानसँग लज्जास्पद प्रदर्शन गरेको छ ।

अहिलेसम्म नहारेको नेपाली टोलीले यू–१६ समूहमा घरेलु मैदानमै भुटानसँग लज्जास्पद हार बेहोरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको खेलमा नेपाल भुटानसँग ५-१ ले पराजित भएको हो ।

पहिलो हाफमा घरेलु टोली नेपाल भुटान सँग ३-० ले पछि परेको थियो भने दोस्रो हाफमा भुटानले दुई गोल गर्दा नेपालले एक गोल गोल फर्काएको थियो ।

कुएनदेनले २५औं मिनेटमा गोल गर्दै भुटानलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि छिरिङले ३६औं र ४०औं मिनेटमा ऊवल गरेपछि भुटानले पहिलो हाफमै तीन गोलको अग्रता नायो । ६६औं मिनेटमा कुएनदेङले व्यक्तिगत दोस्रो गोल गर्दा उग्येनले ८४औं मिनेटमागोल गर्दै भुटानलाई ५-० को अग्रता दिलाइन् । नेपालका लागि सबिनाले ८६औं मिनेटमा एक गोल गरिन् ।

प्रतिक्रिया दिनुहोस्