Trending
दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा राउन्ड अफ १६ मा     |     पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |    
समाचार

सूर्यदर्शन सहकारी ठगी : जिबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता

५ पुष २०८१, शुक्रबार १२:४१

५ पुस, काठमाडौँ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले बचत राखेको रकम हिनामिना आरोपमा सहकारी संचालकहरूविरूद्ध थप मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले शुक्रबार सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जिबी)लगायत १९ जनाविरुद्ध थप अभियोग दायर गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेका अनुसार जिबीसँगै सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लगायतविरुद्ध थप अभियोग जारी भएको छ।

जिबी फरारको सूचीमा रहेका छन् भने रम्तेल र गुरुङ पुर्पक्षका लागि थुनामा रहेका छन् । सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनालविरुद्ध भने आइतबार अभियोग दर्ता गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्