Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

सूर्यदर्शन सहकारी ठगी : जिबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता

५ पुष २०८१, शुक्रबार १२:४१

५ पुस, काठमाडौँ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले बचत राखेको रकम हिनामिना आरोपमा सहकारी संचालकहरूविरूद्ध थप मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले शुक्रबार सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जिबी)लगायत १९ जनाविरुद्ध थप अभियोग दायर गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेका अनुसार जिबीसँगै सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लगायतविरुद्ध थप अभियोग जारी भएको छ।

जिबी फरारको सूचीमा रहेका छन् भने रम्तेल र गुरुङ पुर्पक्षका लागि थुनामा रहेका छन् । सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनालविरुद्ध भने आइतबार अभियोग दर्ता गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्