Trending
‘जारी २’ र ‘मनबिनाको धन’ले अहिलेसम्म कति कमाए ?     |     जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’     |     हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन परमादेश     |     एसियन युथ पारा गेम्सलाई टोली प्रस्थान     |     नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो     |     एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै     |     भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज     |     एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित     |    
समाचार

नेपालमा फेरि भेटिए मंकिपक्सको बिरामी

५ पुष २०८१, शुक्रबार १२:५०

५ पुस, काठमाडौँ। नेपालमा एक जनामा मंकिक्स पुष्टि भएको छ । भर्खरै साउदी अरेबियाबाट नेपाल आएका करिब ३५ वर्षीय युवामा पुष्टि भएको हो।

ती युवामा मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त परीक्षणमा मंकिपक्स संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

हाल उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। यसअघि २०८० साल असारमा विदेशबाट आएकी एकजना ६० वर्षीया विदेशी महिलामा मंकिपक्सको संक्रमण देखिएको थियो। नेपालीलाई मंकिक्स देखिएको यो पहिलो घटना हो।

प्रतिक्रिया दिनुहोस्