Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

दोलखामा जिपको ठक्करबाट एकजनाको मृत्यु

५ पुष २०८१, शुक्रबार १३:३२

५ पुस, दोलखा। लामोसाँघु-जिरी सडकअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका-६ महादेव खोला नजिकै जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-६ चोथाङका ५४ वर्षीय ज्ञानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकबाट दोलखा आउँदै गरेको प्रदेश नम्बर ३०१–०२४ च २६०४ नम्बरको हाइलक्सले भिमेश्वर नगरपालिका –६ महादेव खोलामा उनलाई ठक्कर दिएको थियो।

घाइतेलाई उपचारका लागि चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्