Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

लुटेराहरूद्वारा घरधनीको हत्यापछि लाखौँको लुटपाट

६ पुष २०८१, शनिबार ०५:५४

६ पुस,जनकपुरधाम। महोत्तरीमा एक व्यक्तिको हत्या गरी लाखौँको लुटपाट भएको छ ।

मश्वा नगरपालिका–४ साढा गाउँमा शनिबार बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन्।

घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीललाई सात÷आठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको र घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र रू ८० हजार नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए।

प्रतिक्रिया दिनुहोस्