Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

एआईबाट भिडियो बनाएर गायिका समीक्षा अधिकारीको चरित्रहत्या

६ पुष २०८१, शनिबार ०६:०९

६ पुस,काठमाडौँ। काठमाडौं लोकप्रिय गायिका समिक्षा अधिकारी बेला बेलामा आफ्ना व्यक्तिगत क्रियाकलापका कारण पनि चर्चामा आइरहन्छिन् ।

खासगरि, सामाजिक सञ्चालमा उनले लेख्न स्टाटसहरु चर्चाको विषय बनिरहेका हुन्छन् । अघिल्लो सातामात्रै उनी बहराइनमा आफ्नो प्रस्तुती दिएर स्वदेश फर्किइन् भने स्वदेश फर्किएलगत्तै शुक्रबार बुटवल पुगिन् । उनी बुटवलमा आयोजित एक मेलामा प्रस्तुतिका लागि त्यहाँ पुगेकी हुन् । विभिन्न अप्ठ्यारा परिस्थितिलाई पार गर्दै अघि बढिरहेकी समीक्षाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा भिडियो भाइरल गराइएको पाइएको छ ।

जुन भिडियो वास्तविक नभएर एआईको प्रयोग गरेर बनाइएको हो । यसबारे जानकारी पाएपछि शनिबार समीक्षाले आपत्ति जनाउँदै साइबर ब्युरोमा उजुरी दिने बताएकी छन् ।

उनले भनेकी छन्- ‘एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाईरल गरिएको देखें। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरु जसले भिडियो बनाएको वर्तमान र भविष्य उज्जवल हुनेथियो। मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन। साइबर ब्युरो जाँदैछु ।’

प्रतिक्रिया दिनुहोस्