Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

एआईबाट भिडियो बनाएर गायिका समीक्षा अधिकारीको चरित्रहत्या

६ पुष २०८१, शनिबार ०६:०९

६ पुस,काठमाडौँ। काठमाडौं लोकप्रिय गायिका समिक्षा अधिकारी बेला बेलामा आफ्ना व्यक्तिगत क्रियाकलापका कारण पनि चर्चामा आइरहन्छिन् ।

खासगरि, सामाजिक सञ्चालमा उनले लेख्न स्टाटसहरु चर्चाको विषय बनिरहेका हुन्छन् । अघिल्लो सातामात्रै उनी बहराइनमा आफ्नो प्रस्तुती दिएर स्वदेश फर्किइन् भने स्वदेश फर्किएलगत्तै शुक्रबार बुटवल पुगिन् । उनी बुटवलमा आयोजित एक मेलामा प्रस्तुतिका लागि त्यहाँ पुगेकी हुन् । विभिन्न अप्ठ्यारा परिस्थितिलाई पार गर्दै अघि बढिरहेकी समीक्षाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा भिडियो भाइरल गराइएको पाइएको छ ।

जुन भिडियो वास्तविक नभएर एआईको प्रयोग गरेर बनाइएको हो । यसबारे जानकारी पाएपछि शनिबार समीक्षाले आपत्ति जनाउँदै साइबर ब्युरोमा उजुरी दिने बताएकी छन् ।

उनले भनेकी छन्- ‘एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाईरल गरिएको देखें। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरु जसले भिडियो बनाएको वर्तमान र भविष्य उज्जवल हुनेथियो। मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन। साइबर ब्युरो जाँदैछु ।’

प्रतिक्रिया दिनुहोस्