Trending
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता     |     दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा     |     श्रीमती हत्या प्रकरणमा आरोपी पति थुनामा, अदालतको आदेश     |     कर्णालीमा साउन १ गते सार्वजनिक बिदा     |     उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार     |     आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान     |     बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै     |     आज यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना     |    
समाचार

एकीकृत समाजवादीका ३२ विभागका प्रमुख र उपप्रमुख तोकिए

६ पुष २०८१, शनिबार ०६:१९

६ पुस,काठमाडौँ। नेकपा एकीकृत समाजवादीले आफ्ना ३२ विभागका प्रमुख र उपप्रमुख चयन गरेको छ। हालै सम्पन्न पार्टीको स्थायी समिति बैठकले ३२ विभागमा प्रमुख र उपप्रमुख तोक्दै केहीमा सदस्यसमेत तोकेको हो।

जसअनुसार स्कुल विभागमा झलनाथ खनाललाई प्रमुख बनाइएको छ भने उपप्रमुखमा वेदुराम भुसाल र विजय पौडेल चयन भएका छन्। यस्तै सदस्यमा हीरेन्द्र शाही राखिएका छन्। यसैगरी संगठन विभाग प्रमुखमा वेदुराम भुसाल र उपप्रमुखमा रामचन्द्र यादव राय तोकिएका छन्।

एकीकृत समाजवादीका अनुसार विदेश विभागको प्रमुखको जिम्मेवारी प्रमेश हमाललाई दिइएको छ भने प्रचार विभाग प्रमुखमा प्रकाश ज्वालालाई चयन गरिएको छ।

सचिवालय सदस्यमा झलनाथ खनाल, डा. बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, धर्मनाथप्रसाद साह, जयन्तीदेवी राई, प्रकाश ज्वाला रहेका छन् ।

यसैगरी डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, घनश्याम भुसाल, राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई, सावित्राकुमारी भुसाल, गणेशबहादुर विश्वकर्मा, चन्द्रबहादुर शाही, बलदेव चौधरी, श्रीनाथ बराल, सोमप्रसाद पाण्डेय र शेरबहादुर कुँवर सदस्य छन् ।

अध्यक्ष नेपालले हस्ताक्षर गरेर नेताहरूलाई पठाएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाइएको उल्लेख छ ।

प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी र उद्योग व्यवसायी फाँटको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तर्गत जिम्मेवारीमा रहेका पोलिटब्युरो सदस्यहरूको परामर्शबाट केही फाँटहरूको इञ्चार्जको जिम्मेवारी विभाजन गरिएको छ । प्रदेशका कतिपय फाँटहरूमा केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी तोकिको छ ।

कार्यविभाजन अन्तर्गत सातै प्रदेशको लागि इन्चार्ज र सहइन्चार्ज पनि तोकिएको छ । कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख छ । इन्चार्जमा भने पदाधिकारीलाई प्राथमिकता दिएको छ ।

कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव राजेन्द्र राईलाई तोकिएको छ भने सहइन्चार्ज भए ९ जनालाई बनाइएको छ । कार्यविभाजन सूचीअनुसार बलदेव चौधरी, धर्म निरौला, भवानीप्रसाद खापुङ, महेश रेग्मी, राजन राई, केशव कुमार विष्ट, खिनु लङवा लिम्बु, जीवन राई र विद्या चाम्लिङ सहइन्चार्ज बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्