Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

विद्युतीय जोखिम कम गर्न श्रमदान गरेर झाडी हटाइँदै

१ आश्विन २०८१, मंगलवार ०५:३५

१ असोज, भोजपुर। विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् । रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् ।

अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयले विद्युत् अवरुद्ध समस्या तथा रूखले तार छोएपश्चात् दुर्घटनाको सम्भावना बढेकाले श्रमदान गरेर झाडी हटाएका हुन् । श्रमदान अभियान सञ्चालन  गरेर विद्युत् लाइन आसपासमा रहेका रूखबिरुवा हटाउने तथा छाँटकाँट गर्ने काम गरिएको वडा–७ का वडाध्यक्ष कुमार थापाले बताए ।

वडा कार्यालयको अगुवाइमा भएको यो अभियानमा स्थानीयहरु भेला भएर वडाका सबै टोलबस्तीहरुमा रहेका विद्युत्को तार तथा पोलहरुमा छोएका रूखबिरुवाहरु हटाउने छाँटकाँट गर्नेलगायतका काम गरिएको वडाध्यक्ष थापाको भनाइ छ ।

“श्रमदानमार्फत वडाभित्रका विभिन्न काममा जुटिरहेका छौँ,” उनले भने, “खास गरेर रूखले विद्युतीय तारमा छोएर हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक काम गरेका छौँ । त्यस्तै सडक मर्मत तथा सरसफाइको कामलाई पनि अघि बढाएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्