Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

एनपीएल फाइनल : जनकपुरविरुद्ध सुदूरपश्चिमको आक्रामक ब्याटिङ, १८५ रनको लक्ष्य

६ पुष २०८१, शनिबार ०९:११

६ पुस, काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णयमा सुदूरपश्चिमले ९ विकेट गुमाई १ सय ८४ रन बनाएको हो ।

जैब र विनोदले पहिलो विकेटमा १२ ओभरमा १ सय १७ रन जोडेपछि सुदूरपश्चिमले मजबुत स्कोर बनाएको हो । जैबले ३३ बलमा अर्धशतक पूरा गर्दा सुदूरपश्चिमले पहिलो १० ओभरमा बिनाक्षति ९७ रन बनाएर आक्रामक सुरुआत गरेको थियो । १३ औं ओभरमा जैबले ६२ रनमा जीवनदान पाएका थिए । किशोर महतोको बलमा उनले लङ अनमा गरेको प्रहार शेर मल्लले क्याच छोड्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्