Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

एनपीएल फाइनल : जनकपुरविरुद्ध सुदूरपश्चिमको आक्रामक ब्याटिङ, १८५ रनको लक्ष्य

६ पुष २०८१, शनिबार ०९:११

६ पुस, काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णयमा सुदूरपश्चिमले ९ विकेट गुमाई १ सय ८४ रन बनाएको हो ।

जैब र विनोदले पहिलो विकेटमा १२ ओभरमा १ सय १७ रन जोडेपछि सुदूरपश्चिमले मजबुत स्कोर बनाएको हो । जैबले ३३ बलमा अर्धशतक पूरा गर्दा सुदूरपश्चिमले पहिलो १० ओभरमा बिनाक्षति ९७ रन बनाएर आक्रामक सुरुआत गरेको थियो । १३ औं ओभरमा जैबले ६२ रनमा जीवनदान पाएका थिए । किशोर महतोको बलमा उनले लङ अनमा गरेको प्रहार शेर मल्लले क्याच छोड्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्