Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

एनपिएल: सुदुरपश्चिमलाई हराउँदै जनकपुर च्याम्पियन

६ पुष २०८१, शनिबार १०:१९

६ पुस, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ।

फाइनल खेलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो। जनकपुरले सुदुरपश्चिमलाई ५ विकेटले पराजित गर्‍यो।

सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले शानदार ब्याटिङ गरे। उनले सर्वाधिक ८७ रन बनाए। ४९ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर आसिफ शेखले १९ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाए। हर्ष ठाकेरले ३० रन अविजित रहे।

प्रतिक्रिया दिनुहोस्