Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

जर्मनीको क्रिसमस बजारमा आक्रमण, कारले किचेर ५ जनाको मृत्यु

७ पुष २०८१, आईतवार ०३:५२

७ पुस, एजेन्सी। जर्मनीको एक क्रिसमस बजारमा गराइएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्याक्सोनी–अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिएका छन् ।

मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय मिटर पर पुगेपछि मात्र रोकिएको थियो । जिहादी समूहले गराएको उक्त कार दुर्घटनामा करिब ४० जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको उपचार भइरहेको पूर्वी सहर म्याग्डेबर्गका जर्मन चान्सलर ओलाफ स्कोल्जले बताएका छन् । उनले उक्त भयानक आक्रमणको निन्दा गर्दै जर्मनीले ‘उचित कानुनी दण्डद्वारा’ जवाफ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्