Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, ३ जना घाइते

७ पुष २०८१, आईतवार ०३:५५

७ पुस, सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन्।

राज्यमन्त्री बम सवार प्रदेश ३-०१-०२४ च नम्बको मोटर शनिबार साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएका छन् । सबै घाइतेको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार जारी छ । राज्यमन्त्रीको अवस्था सामान्य छ । भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्