Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

रविको अनुरोध : मलाई नंग्याउने निउँमा आफूलाई नाङ्गो नपार्नुहोस्

१ आश्विन २०८१, मंगलवार ०५:४०

१ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आफूलाई लाग्दै आएको मूल आरोप पुष्टि हुने आधार नदेखिएको प्रतिवेदन दिए पनि केही सञ्चारमाध्यम भ्रमको खेती गरिरहेको टिप्पणी गरेका छन् ।

मंगलबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नभएको तर गोर्खा मिडिया नेटवर्क सञ्चालकको भूमिकामा कमजोरी भए कारबाही गर्नु भनिएको सत्यलाई केही मानिसले स्विकार्न नसकेको बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो ? भन्दै रविले प्रश्न गरे । प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको उनको टिप्पणी टिप्पणी थियो ।

रविले भने, ‘अब सहकारीतिरबाट गोरखा मिडियातिरको कुरा हुन्छ । गोरखा मिडियातिर जान्छ अब । सहकारी त सकियो अब भन्ने मिलेन सहकारी ठग । सहकारी ठग भन्नेकुरा त लगभग सकियो । प्रमाण कस्तो हुन्छ, कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि ! म कसैको कटाक्ष गर्न आएको होइन । मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई ।’

प्रतिक्रिया दिनुहोस्